१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

१२ तालिबानी मारिए

काबुल (एजेन्सी) – अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकुविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तीमा १२ तालिबान लडाकु मारिएका छन्।

लडाकु विमानले तालिबानलाई लक्ष्य गरी यो कारबाही गरेको प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाद हजारीले मंगलबार बताएका छन्।

यस हवाई कारबाहीमा अन्य पाँच लडाकु घाइते भएको पनि जानकारी दिइएको छ। यसक्रममा सुरक्षाबल र सर्वसाधारणतर्फ भने कुनै हताहत भएको खबर प्राप्त भएको छैन। अफगानिस्तानको राजधानी काबुलबाट दुई सय ४५ किलोमिटर उत्तरमा पर्ने तखार प्रान्तमा सक्रिय तालिबान लडाकु समूहले यस कारबाहीका विषयमा औपचारिक रूपमा कुनै टिप्पणी नगरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ।

प्रकाशित: २० कार्तिक २०७६ ०४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App