१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मानवरहित विमान कारबाहीमा परी पाँच आइएस लडाकू मारिए

जलालाबाद- अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा नेटोआवद्ध संयुक्त सेनाले इस्लामिक स्टेट्स आतङ्कारी (आइएस) लडाकूविरुद्ध सुरक्षा कारबाही गरेका छन्। मानवरहित विमान (ड्रोन) कारबाहीमा परी पाँच लडाकू मारिएका प्रान्तीय सरकारका प्रवक्ताले जानकारी दिएका छ्न्।    

गठबन्धन सेनाले मंगलबार खोग्यानी जिल्लाको वजीर तंगाई इलाकामा चालकरहित विमानबाट गरेको दुई ओटा क्षेंप्यास्त्र प्रहारमा परी आइएसका पाँच आतङ्ककारी मारिएका हुन्। 

यस कारबाहीको विषयमा आईएस लडाकू समूहले हालसम्म कुनै पनि टिप्पणी गरेका छैनन्। रासस

प्रकाशित: १५ आश्विन २०७६ ०८:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App