७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

मुगाबे भन्थे : मलाई भगवानले मात्र हटाउन सक्छन्

काठमाडौं- जिम्वाबे स्वतन्त्र भएसँगै रोवर्ट मुगाबेको पनि उदय भयो। सत्तामा पुग्नु अघि उनी स्वतन्त्रता संग्रामका नेता थिए। जिम्वावेमा ३७ वर्ष शासन गर्ने उनको ९५ वर्षको उमेरमा निधन भएको छ। उनी लामो समयदेखि विरामी थिए।

नोभेम्बर २०१७ को सैनिक कु पछि उनी सत्ताबाट हटेका थिए। त्यो सँगै उनको तीन दशक भन्दा लामो शासनकाल समेत समाप्त भयो।

मुगाबेको जन्म २१ फ्रेव्रवरी १९२४ मा भएको थियो। १९६४ मा  गोरा सरकारको आलोचनाका कारण उनलाई एक दशक भन्दा बढी समय जेलमा राखिएको थियो। जुन समय आफ्ना चार वर्षे छोराको अन्तिम संस्कारमा समेत उनलाई जान दिइएको थिएन।

उनलाई अझै पनि लाग्थ्यो, उनको जानू-पीएफ पार्टी पूँजीवाद र उपनिवेशवादविरुद्ध लडिरहेको छ। उनले आफ्ना आलोचकलाई तुरुन्तै गद्दार र विकाउ घोषणा गरिदिन्थे जस्तो छापामार युद्धको समयमा गरिन्थ्यो।

लामो समयसम्म रोवर्ट मुगाबे र जिम्बाबे एक दोस्रोका पर्याय रहे। धेरै मानिसका लागि मुगाबे तमाम विवादका बाबजुत एक हिरो थिए। उनले देशलाई स्वतन्त्रा दिलाए। यहाँसम्मकी उनलाई सत्ताबाट हटाउनेले पनि मुगाबेलाई भन्दा उनका आसपासका व्यक्ति, श्रीमतीलाई विभिन्न आरोप लगाएका थिए। वितेका केही वर्षदेखि उनका आलोचक बढीरहेका थिए। उनी सत्तामा रहनको लागि अनेक तिकडम गर्ने अफ्रिकी तानाशाह जस्ता थिए, जसले कुर्सी बचाउनको लागि देशलाई वर्वाद गरे।

'सिर्फ भगवानले हटाउन सक्छन्...'

सन् २००८ को चुनावको समयमा मुगाबेले भने, 'यदी तपाई चुनाव हार्नुहुन्छ भने राजनीतिबाट बाहिरिनु पर्छ।' तर मार्गन त्सवानगिराईसँग चुनाव हारेपछि उनले आफ्नो भनाई फेरे र उनले भने, 'मलाई भगवाले मात्र हटाउन सक्छन्।'

मुगावेको बारेमा कुरा गर्दा जिम्वावेमा सन् १९७० को दशकमा चलेको छापामार युद्धलाई सम्झनुपर्ने हुन्छ। ३७ वर्षसम्म सत्तामा बसेका उनको विश्व प्रतिको बुझाई करिव १०७० कै जस्तो थियो। उनलाई अझै पनि लाग्थ्यो, उनको जानू-पीएफ पार्टी पूँजीवाद र उपनिवेशवादविरुद्ध लडिरहेको छ। उनले आफ्ना आलोचकलाई तुरुन्तै गद्दार र विकाउ घोषणा गरिदिन्थे जस्तो छापामार युद्धको समयमा गरिन्थ्यो। उनले जिम्वावेको अवस्था विग्रनुलाई पश्चिमा देश जिम्मेवार ठान्थे। तर उनका आलोचकले भन्थे, 'मुगाबेलाई आधुनिक अर्थव्यवस्था कसरी चलाउने ज्ञाननै छैन।'

तर मुगावेले शिक्षामा भने जोड दिए। मुगावेको शासनकालमा देशमा ८९ प्रतिशत जनसंख्या साक्षार रह्यो। जो अफ्रिकाका अन्य देशमा छैनन्।

मुगाबे विहान ५ बजे उठेर योग र कसरत गर्ने गर्थे। रक्सी र कफि नपिउने उनी लगभग साकाहारी जीवनयापन गर्ने गर्थे।

 

 

 

 

प्रकाशित: २० भाद्र २०७६ ११:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App