१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्री जोनसनविरुद्ध हजारौंको प्रदर्शन

संसदीय कारबाही निलम्बन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै म्यानचेस्टरमा शनिबार आयोजित प्रदर्शनमा सहभागी। तस्बिर: एजेन्सी

लन्डन – संसदीय कारबाही निलम्बन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनविरुद्ध शनिबार देशैभर प्रदर्शन भएका छन्।   राजधानी लन्डनसहित देशका दर्जनौं सहरमा शनिबार हजारौं प्रदर्शनकारी भेला भएर प्रदर्शन गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।

प्रदर्शनकारीहरुले ‘संसद निलम्बन फिर्ता गर,’ ‘लोकतन्त्रको रक्षा गर,’ जस्ता नारा लेखिएका घरमै निर्मित प्लेकार्ड प्रदर्शन गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ।   प्रदर्शनमा सहभागी बेलायती छायाँ अर्थमन्त्री जोन म्याकडोनेलले संसद् निलम्बन गर्नुलाई लोकतन्त्र मास्ने प्रयासको संज्ञा दिएका छन्। 

संसद् निलम्बन गर्ने प्रधानमन्त्री जोनसनको आग्रहप्रति बेलायती महारानी एलिजावेथ द्वितीयाले चासो राखेकी थिइन्।   प्रधानमन्त्रीको सो निर्णयप्रति सत्तापक्षका सांसदले पनि विरोध जनाएका छन्।  प्रधानमन्त्री जोनसनले भने आफ्नो निर्णय सही भएको दाबी गर्दै आएका छन्।  उनले गत बुधबार आउँदो अक्टोबर १४ तारिखसम्मका लागि संसद् निलम्बनका लागि महारानी एलिजावेथ समक्ष आग्रहपत्र पेश गरेका थिए।

संसद् निलम्बनले आगामी अक्टोबर ३१ तारिखमा बिनाकुनै सम्झौता युरोपेली संघ (इयू)बाट बेलायत बाहिरिने प्रक्रिया (ब्रेक्जिट) रोक्नका लागि आवश्यक कानुनहरू पारित गर्न सांसदहरूसँग समय अभाव हुने भएको छ।  तर प्रधानन्त्री जोनसनले भने ब्रेजिक्टका बारेमा छलफल गर्न दुवै पक्षका सांसदहरुलाई पर्याप्त समय पुग्ने दाबी गर्दै आइरहेका छन्।

 

 

प्रकाशित: १६ भाद्र २०७६ ०३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App