१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी गिर्जाघरमा आक्रमण गर्न खोज्ने पक्राउ

वासिङ्टन – अमेरिकी संघीय जाँच ब्यूरो (एफबिआई)ले अमेरिकाको टेनेसी राज्यस्थित मेम्फिसको इसाई गिर्जाघर (चर्च)मा सामूहिक हत्याको योजना बनाएको आरोपमा एक ट्रक चालकलाई पक्राउ गरेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार गत सोमबार इन्डियानापोलिसबाट एफबिआईले ३८ वर्षीय थोमस म्याथु म्याकभिकरलाई गिरफ्तार गरेको थियो। मेम्फिसको चर्चमा बिहीबार गोली हानी त्यहाँ भेला भएका व्यक्तिको सामूहिक हत्या गर्ने योजना बनाएको कुरा म्याकभिकरले साथीलाई सुनाएको आधारमा उनलाई पक्राउ गरिएको अधिकारीहरुलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

एफबिआईको अनुसन्धानमा ती व्यक्ति मानसिक बिरामी रहेको र उनको साथबाट रुगर पी–९० ह्यान्डगन फेला परेको थियो। म्याकभिकरकी आमाले आफ्नो छोरा सिजोफ्रेनिया (मनोरोग)बाट ग्रस्त रहेको र कहिलेकाहीँ कोकिनजस्ता लागूपदार्थसमेत सेवन गर्ने गरेको बताइन्। अमेरिकामा केही वर्षदेखि सार्वजनिक स्थलहरुमा सामूहिक हत्याकाण्डका घटना बढ्दै गएका छन्।

 

प्रकाशित: ५ भाद्र २०७६ ०६:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App