अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पको प्रशासनको आलोचना गरेको इमेल चुहिएपछि विवादमा तानिएका अमेरिकाका लागि ब्रिटेनका राजदूत सर किम डारकले आफ्नो पदबाट राजीनामा दिएका छन्।
ट्रम्प प्रशासन अक्षम र अप्ठ्यारो भएको भन्दै सर किमले लेखेको इमेल सार्वजनिक भएपछि ट्रम्पले ब्रिटेनका राजदूतलाई एकदमै मूर्ख व्यक्तिको संज्ञा दिएका थिए।
ब्रिटेनको विदेश मन्त्रालयले बुधवार सर किमले राजीनामा दिने निर्णय गरेको पुष्टि गरेको छ।
सर किमले आफूले सबैखाले अडकालबाजीहरू रोक्न चाहेको बताउँदै, इमेल सार्वजनिक भएपछि उनलाई अमेरिकाको लागि राजदूतको रूपमा आफ्नो काम गर्न "असम्भव" भएको जनाएका छन्। बीबीसी
प्रकाशित: २५ असार २०७६ १३:५९ बुधबार