६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एचआइभी संक्रमण दर घट्यो

सिड्नी – अस्ट्रेलियामा एचआइभी संक्रमितको दरमा गएको १८ वर्ष यताकै सबैभन्दा कमी आएको एक अनुसन्धानबाट खुलेको छ। बुधबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा यस्तो अवस्था देखिएको सिड्नीबाट प्राप्त समाचारमा जनाइएको छ।

अस्ट्रेलियाको ‘दी युनिभर्सिटी अफ न्यु साउथ वेल्स’को अनुसन्धानमा यस्तो तथ्य भेटिएको हो। उक्त विश्वविद्यालय आवद्ध कर्बि नामक एक संस्थाले गरेको अनुसन्धानमा एचआइभी संक्रमण दरमा गएको १८ वर्ष यताकै सबैभन्दा कमी आएको देखिएको समाचारमा उल्लेख छ। उक्त संस्थाको अनुसन्धानले सन् २०१८ मा एचआइभी संक्रमितको गणना गरिएकोमा आठ सय ३५ जना मात्रै भेटिएको देखाएको छ।

देशभरमा गरिएको एचआइभी संक्रमितको खोजीका क्रममा आठ सय ३५ जना मात्र भेटिएको उक्त संस्थाका प्रमुख प्राध्यापक रेबेका गायले जानकारी दिए। उनका अनुसार यो संख्या गएको १८ वर्षयता कै सबैभन्दा कम हो। उनले भने, ‘अस्ट्रेलियामा हरेक वर्ष एचआइभी संक्रमितको पहिचान गरी तथ्याङ्क संकलन गर्ने गरिएकोमा गतवर्ष अर्थात् सन् २०१८को यो संख्या अहिलेसम्मकै सबैभन्दा थोरै हो।’  एचआइभी संक्रमणमा आएको कमी भनेको सरकारले स्वाथ्यका क्षेत्रमा गरेका प्रतिबद्धताको परिणाम भएको पनि उनले बताए।

अस्ट्रेलियाली सरकारले एचआइभी एड्सको नियन्त्रणका क्षेत्रमा दरिलो प्रतिबद्धता व्यक्त गरेको र सो प्रतिबद्धताअनुसार काम गरेकोले एचआइभीको संक्रमणमा कमी आएको बताइएको छ।

प्रकाशित: १९ असार २०७६ ०१:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App