१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राहुललाई राजीनामा फिर्ता लिन दबाब

नयाँ दिल्ली– भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुन गान्धीमाथि राजीनामा नदिन पार्टीभित्रैबाट दबाब परेको छ। दिल्लीमा जारी पार्टीको केन्दीय कार्यसमिति बैठकमा राहुललाई राजीनामा फिर्ता लिन दबाब आएको हो। 

भर्खरै सम्पन्न लोकसभा निर्वाचनमा नराम्रो पराजयपछि राहुलले विपक्षी गठबन्धन यूपीए अध्यक्ष सोनिया गान्धीसमक्ष राजीनामा पत्र पेश गरेका थिए। उनको राजीनामा माथि केन्द्रीय कार्यसमिति बैठकमा छलफल चलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। 

छलफलमा कंग्रेस आईका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री मनमोहन सिंहले चुनावी प्रतिस्पर्धामा हारजित भइरहने भन्दै राजीनामाको जरुरी नभएको बताए। उनले राजीनामा फिर्ता लिन आग्रह गरेका छन्। त्यस्तै, विपक्षी गठबन्धनकी अध्यक्ष सोनियाले पनि राजीनामा फिर्ता लिन आग्रह गरेकी छिन्। तर, राहुल राजीनामा फिर्ता नलिने अडानमा रहेको बताइएको छ। 

बैठकमा कंग्रेस अध्यक्ष राहुल गान्धी, यूपीए अध्यक्ष सोनिया, कंग्रेस महासचिव प्रियंका गान्धी वाड्रा, पूर्वप्रधानमन्त्री सिंह, मल्लिकार्जुन खड्गे, गुलाम नबी आजाद, पन्जाबका मुख्यमन्त्री क्याप्टेन  अमरिन्दर सिंह सहभागी छन्।

५४२ सीटको यसपटकको चुनावमा कांग्रेसले ५२ सीट मात्रै जित्न सक्यो। भाजपाले ३०३ सीट जितेको छ। रोचक त के छ भने कंग्रेसको गढ मानिने अमेठीमा राहुल भाजपा नेतृ स्मृति इरानीसँग ५५ हजार मतान्तरले पराजित भएका थिए। यो हारका कारण पनि राहुल राजीनामा दिन अग्रसर भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

यता चुनावी नतिजापछि पार्टीका प्रदेश अध्यक्षहरूले धमाधम राजीनामा दिइरहेका छन्। 

प्रकाशित: ११ जेष्ठ २०७६ ०७:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App