२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अरुणाचलमा विधानसभा सांसद र उनको छोरासहित ११ को हत्या

हत्या गरिएका सांसद अबोस। तस्बिर: एजेन्सी

काठमाडौं - अरुणाचल प्रदेशको तिप जिल्लामा नेशनल पीपुल्स पार्टी (एनपीपी) का सांसद तिरोंग अबोस उनका छोरा र दुई सुरक्षाकर्मीसहित ११ जनाको गोली हानी हत्या भएको छ। भरतीय वरिष्ठ प्रहरी अधिकारीलाई उदृत गर्दै मंगलबार उनीहरुको हत्या भएको द वायरले उल्लेख गरेको छ।

जिल्लाको खोसा पश्चिममा विधानसभाका वर्तमान सांसद अबोस फेरि चुनावमा उम्मेद्वार थिए। प्रहरीकाअनुसार अको असमदेखि आफ्नो निर्वाचन क्षेत्र खोसा फर्किदैं थिए। उनीसँग दुई जना सुरक्षाकर्मी र उनका छोरा थिए। म्ंगलबार बिहान साढे ११ बजेतिर बोगापानी गाउँमा अज्ञात समूहले गोली प्रहार गरेको थियो।

जहाँ ११ जनाको घटनास्थलमै मृत्यु भयो।अबोसको निधनमा केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले पनि दुख ब्यक्त गर्दै शोक प्रकट गरेका छन्। यस्तै, मेघालयका मुख्यमन्त्री कनरड संगमाले यो क्रुर हमलाको निन्दा गरेका छन् र गृहमन्त्री राजनाथ सिंहलाई दोषीलाई कारवाही गर्न आग्रह गरेका छन्। उनले भने, ‘एनपीपी श्री तिरंग अबो र उनको परिवारसाथै सुरक्षाकर्मीमाथि भएको क्रुर हमलाको कडा विरोध गरेका छन्।’

प्रकाशित: ८ जेष्ठ २०७६ ०६:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App