९ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भाजपा नेताको हत्या

प्रतिकात्मक तस्बिर

श्रीनगर– अपरिचित बन्दुकधारीहरुले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का एक जना स्थानीय नेताको हत्या गरेका छन्।

भारत नियन्त्रित काश्मिरस्थित घरमै रहेका बेला उनीमाथी आक्रमण भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन्। उनीहरुका अनुसार स्थानीय ७० वर्षीय गुलाम मोहम्मद मिरको हत्या भएको हो।

उनी अनन्तनाग जिल्लाको भाजपाको उपाध्यक्ष थिए। घटनास्थल काश्मिरको राजधानी श्रीनगरबाट झण्डै ८६ किलोमिटर टाढा पर्दछ। 'राती अवेर जबरजस्ती घरभित्र पसेका व्यक्तिले मिरमाथी प्रहार गरेको पाईयो,' एक प्रहरी अधिकारीले भने।

आक्रमणपछि सख्त घाइते भएका मिरलाई तत्काल नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रतर्फ लगिएको भए पनि उनको बाटोमै मृत्यु भएको बताइएको छ। प्रहरीले विद्रोही लडाकूहरु हत्यामा संलग्न भएको हुन सक्ने आशंका गरेको छ। यस क्षेत्रमा बेला बेलामा यस्ता हत्याका घटना हुदै आएका छन्। रासस

प्रकाशित: २२ वैशाख २०७६ ०९:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App