१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

किम र ट्रम्पको नक्कल गर्ने पक्राउ

हनोई– उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भेष धारण गरेर नक्कल गर्ने दुई जनालाई भियतनामको प्रहरीले पक्राउ गरेको छ। किमको जस्तो अभिनय गर्ने हावर्ड एक्स तथा ट्रम्प जस्तो देखिने रसेल ह्वाइटलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

उनीहरुलाई सोधपुछ गरेर रिहा गरिएको बीबीसीले जनाएको छ। समाचार संस्था एएफपीसँग बोल्दै दुवैजनाले आफूहरूलाई त्यहाँबाट निकालिदिने धम्की आएको बताएका छन्। दुई नेताको शिखर बैठक हुनु अगाडि नै ती दुईले हनोइमा नेताहरूको बैठकको नक्कल गरेको अधिकारीहरुले जनाएका छन्। ट्रम्प र किमबीच आगामी बुधवार र बिहीबार शिखर बैठक हुँदैछ।

किमको नक्कल गर्ने हावर्ड एक्स खासमा हङकङका बासिन्दा रहेको जनाइएको छ। उनीहरूले उत्तर कोरियाको परमाणु महत्वाकांक्षा कम गराउनु आफ्नो उद्देश्य भएको बताएका थिए। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App