११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिका–चीन व्यापार विवादबारे पुन: वार्ता सुरु

अमेरिका - अमेरिका–चीनबीच देखिँदै आएको व्यापार विवादलाई अन्त्य गर्ने प्रयासस्वरूप दुई देशका अधिकारीहरूले आठ दिनपछि बिहीबारदेखि पुनः  वार्ता सुरू गरेका छन्। व्यापार बिषयमा देखिएको गहिरो तनावलाई समाधान गर्ने प्रयासमा भएका वार्ता सकारात्मक बन्दै गएपछि उनीहरू पुन वार्ताको टेबलमा आएका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा व्यापार विवादलाई मार्च १ पहिलेसम्म समाधान गर्न आफ्नो तहबाट पहल गर्ने सहमति बनेको थियो। वार्ताले सकारात्मक दिशा नलिएमा अमेरिकाले मार्च १ देखि लागु हुनेगरी थप चिनियाँ सामानको मूल्यमा करवृद्धि गर्ने बताएको थियो।

बिहीबार सुरू भएको वार्तामा अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइथिजरको नेतृत्वमा अमेरिकी ट्रिजरी सेक्रेटरी स्टेभेन मनुचिनसहितको प्रतिनिधिमण्डलकाे उपस्थिती रहेकाे छ भने चिनियाँ उपप्रधानमन्त्री तथा राष्ट्रपति सीका विशेष प्रतिनिधि लिउ हेसहितको टोलीले चीनको प्रतिनिधित्व गरेको छ। उनीहरूबीच यस पहिले विभिन्न छ चरणमा छलफल भैसकेको छ। 

प्रकाशित: ९ फाल्गुन २०७५ १५:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App