१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पकी सल्लाहकारमाथि दुर्व्यवहार

ह्वाइट हाउस सल्लाहकार केल्यान कन्वे। तस्बिर : बिबिसी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी एक सल्लाहकारमाथि एउटा रेस्टुरेन्टमा दुव्र्यवहार भएको छ। ट्रम्पकी निकट सहयोगी तथा ह्वाइट हाउसकी सल्लाहकार केल्यान कन्वेमाथि एक महिलाले दुव्र्यवहार गरेको बताइएको छ। 

कन्वेले आफ्नो छोरीकै सामुन्ने एक महिलाले वासिङ्टन डिसीको बाहिरी भागमा रहेको एउटा रेस्टुरेन्टमा दुव्यर्वहार भएको बताएकी छन्। सो घटना गत वर्षको अक्टोबर महिनामा भएको ह्वाइट हाउसकी सल्लाहकार कन्वेलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्। ती महिलाले कन्वेलाई पछाडिबाट समातेर झक्झक्याउँदै ‘बेस्सरी चिच्याएको उनले बताइन्।  ट्रम्पकी वरिष्ठ सल्लाहकार कन्वेलाई दुव्र्यवहार गरेको आरोप लागेकी ६३ वर्षीय मेरी एलिजाबेथ इनाबिनेटले भने उनीमाथि ‘हमला’ गरेको अस्वीकार गरेकी छन्। ह्वाइट हाउसकी सल्लाहकारलाई दुव्र्यवहार गरेको मुद्दामा इनाबिनेटलाई मार्च महिनामा अदालतमा उपस्थित गराइँदै छ। 

‘ती महिला नियन्त्रणभन्दा बाहिर थिइन्। उनले गरेको व्यवहार म वर्णन गर्न पनि सक्दिँन। उनको पूरै अनुहारमा मैले क्रोध र आतंक देखें,’  अमेरिकी सञ्चारमाध्यम सिएनएनसँग कुरा गर्दै कन्वेले बताइन्। अप्रत्याशित दुव्यर्वहार हुन थालेपछि आफूले आपत्कालीन सेवा प्रदायकलाई फोन गरेको तर प्रहरी आइपुग्दा ती महिला वासिङ्टन डिसीको बाहिरी भाग बेथेस्दास्थित मेक्सिकन रेस्टुरेन्ट हिँडिसकेको कन्वेले बताइन्। आफ्नी किशोरी छोरीले उक्त घटनाको केही अंश मोबाइलमा रेकर्डसमेत गरेको कन्वेलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। 

आरोपित इनाबिनेटकी वकिलले एक विज्ञप्ति जारी गर्दै उनले कन्वेलाई हमला नगरेको बरु अमेरिकी संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रता उपभोग गरेको जनाएका छन्। अदालतमा उनले आफू निर्दोष भएको जिकिर गर्ते ती वकिललाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। 
ह्वाइट हाउसका उच्च अधिकारी वा सल्लाहकारमाथि दुव्र्यवहार भएको यो पहिलो घटना भने हैन। ट्रम्पका अधिकारीहरूमाथि पहिले पनि यस्तै प्रकृतीका विभिन्न घटना भएका छन्। गत वर्षको जुन १९ मा होमल्यान्ड सेक्युरिटी मन्त्रीलाई एक रेस्टुरेन्टमा नै केही अभियानकर्मीले हातपात गरेका थिए। त्यतिखेर मेक्सिकोसँगको अमेरिकी सिमानामा आप्रवासीका केही बालबालिकालाई अभिभावकसँग छुट्याइदिएको घटना उल्लेख गर्दै अभियानकर्मीले ती मन्त्रीलाई दुव्यर्वहार गरेका थिए। 

‘अभियानकर्मीले बाबुआमासँग छुट्याइएका बालबालिकाको रोदन सुन्न सक्छौ’ भन्दै मन्त्रीलाई कराएका थिए। त्यसको केही दिनपछि भर्जिनियाको लेक्सिङ्टनस्थित रेड हेन रेस्टुरेन्टमा बसिरहेकी ह्वाइट हाउसकी प्रेस अधिकारी स्यारा स्यान्डर्सलाई आप्रवासीकै विषयलाई लिएर एक केही मानिसले तत्काल सो रेस्टुरेन्ट छोडेर बाहिर जान भनेका थिए।

प्रकाशित: २७ माघ २०७५ ०३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App