१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मोदीलाई पराजित गर्न साझा आर्थिक योजना ल्याउँदै विपक्षी

भारतको दक्षिणी राज्य आन्द्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नाइडु। तस्बिर : एजेन्सी

नयाँ दिल्ली – भारतमा आसन्न संसदीय निर्वाचनको सरगर्मी तीव्र गतिमा बढिरहेको छ। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा)विरुद्ध केन्द्रीय र क्षेत्रीय रूपमा विभिन्न गठबन्धन बनिरहेका छन्। त्यसरी बनेका गठबन्धनले मोदी र भाजपालाई पराजित गर्नका लागि चुनाव केन्द्रित विभिन्न कार्यक्रम पनि सार्वजनिक गरिरहेका छन्।

यसै क्रममा भारतको क्षेत्रीय पार्टीहरुको गठबन्धनले मोदीविरुद्ध चुनावमा साझा आर्थिक योजना लिएर जानेबारेमा सहमति गरेको गठबन्धका एक वरिष्ठ नेताले बताएका छन्। मे महिनामा हुने भारतको संसदीय निर्वाचनमा भारतको मुख्य विपक्षी दल कंग्रेसले अघि सारेको आर्थिक योजनालाई क्षेत्रीय दलहरुले समेटेर लैजाने सम्भावना रहेको विपक्षीहरुको साझा गठबन्धन बनाउका लागि सहयोग पुर्‍याएका भारतको दक्षिणी राज्य आन्द्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नाइडुले समाचार एजेन्सी रोयटर्ससँगको अन्तर्वार्ताका क्रममा बताएका छन्। 

भारतीय कंग्रेसले यदि आफूले निर्वाचन जितेमा भारतका गरीब नागरिकलाई न्यूनतम आम्दानी उपलब्ध गराउने ऐतिहासिक नीति आसन्न निर्वाचनका लागि अघि सारेको छ। सोही नीतिलाई मोदीविरुद्ध गठन गरिएको क्षेत्रीय गठबन्धनले आसन्न निर्वाचनमा साझा आर्थिक अजेन्डाका रूपमा मतदातासमक्ष लाने नाइडुले बताएका हुन्। 

कोलकातामा गत महिना आयोजित एक र्‍यालीमा सहभागी भएका २३ दल सम्मिलित विपक्षी गठबन्धनले प्रत्येक गरीब परिवारलाई न्यूनतम आम्दानी दिनेबाहेक पनि गरिबी निर्मूलीकरण, कृषि र रोजगारीका क्षेत्रमा संयुक्त योजना बनाएर चुनावमा होमिने राजनीतिज्ञ नाइडुलाई उद्धृत गर्र्दै रोयटर्सले जनाएको छ। 

‘सहमति गरेर जानेबारे धेरै राजनीतिक दलहरुले काम गरिरहेका छन्। कृषकका समस्या र वेरोजगारीलाई आसन्न निर्वाचनमा विशेष मुद्दामा बनाइने छ,’ नाइडुले बताए। विपक्षी गठबन्धनले आर्थिक मुद्दामा बढी ध्यान दिनुपर्ने उनको तर्क रहेको छ। भारतको एक प्रसिद्ध सञ्चारमाध्यम ‘इन्डिया टुडे’ ले गत महिना गरेको सर्वेक्षणमा युवा पुस्ताका लागि पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको र कृषिसम्बन्धी कमजोर अर्थनीति लिएको भन्दै पछिल्लो समय प्रधानमन्त्री मोदीप्रति जनताको विश्वास घटेको छ। सर्वेक्षणहरुले मोदीको सत्तारुढ गठबन्धनले आउँदो संसदीय निर्वाचनमा बहुमत ल्याउन नसक्ने पनि देखाएको रोयटर्सले उल्लेख गरेको छ। जसका कारण शक्तिमा आउनका लागि क्षेत्रीय दलको सहायता लिनै पर्ने अवस्था आउन सक्ने बताइएको छ। उता, विपक्षी गठबन्धनको नेतृत्व कसले गर्न सक्छ भन्ने मै प्रश्न उठेको छ। यदि प्रमुख विपक्षी दल कंग्रेसले महत्वपूर्ण  सिटहरु जित्यो भने के क्षेत्रीय दलहरुले उसको नेता राहुल गान्धीलाई प्रधानमन्त्रीका रूपमा समर्थन गर्लान् भन्ने प्रश्न पनि हाल भारतीय राजनीतिमा चल्ने गरेको छ। 

‘प्रधानमन्त्री को बन्छ भन्ने विषय सहमतिमा पछि तय गरिने छ। हालको हाम्रो सरोकार त निर्वाचन जित्नुमा नै केन्द्रित रहेको छ,’ नाइडुले बताए। आन्द्र प्रदेशको मुख्यमन्त्रीका रूपमा नाइडुले व्यापारमैत्री नीति अपनाएको भन्दै उनको चौतर्फी प्रशंसा हुने गरेको छ। उनकै कार्यकालमा भारतको दक्षिणी राज्य आन्द्र प्रदेशमा माइक्रोस्फटजस्ता कम्पनी भित्रिएका थिए। 

भारतको संसद्मा रहेका ठूला क्षेत्रीय दलमध्येको एक उनको तेलेगु देसम पार्टी गत मार्च महिनासम्म प्रधानमन्त्री मोदीको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वकै  गठबन्धनमा रहेको थियो। आन्द्र प्रदेशलाई बजेट उपलब्ध गराउने विषयमा असहमति भएपछि उनले मोदीको दल नेतृत्वको गठबन्धन छोडेका थिए। त्यसपछि भाजपालाई पराजित गर्नका लागि विपक्षीलाई एक ठाउँमा ल्याउनका लागि भूमिका खेल्नेमध्येका महत्वपूर्ण पात्रका रूपमा नाइडुलाई लिइन्छ। 

प्रकाशित: २३ माघ २०७५ ०२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App