१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति सुटुक्क इराक पुगे

इराक - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको आकस्मिक भ्रमण गरेका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछिको उनकाे यो पहिलो इराक भ्रमण हाे।

ट्रम्पको यो भ्रमण पूर्व घोषित नभई अकस्मात भएको बताइएको छ। राष्ट्रपति ट्रम्पले इराकको भ्रमण गरेर त्यहाँबाट जर्मनी प्रस्थान गरेको केही घन्टापछि मात्रै उनको भ्रमणबारे जानकारी गराइएको थियो। इस्लामिक स्टेट परास्त भैनसकेको र सिरियामा जारी गृहयुद्ध पनि समाप्त नभएको अवस्थामा सिरियामा तैनाथ करिब दुई हजार अमेरिकी सेना फिर्ता गर्ने र विश्वव्यापी रुपमा अमेरिकी सुरक्षा अधिकारीको भूमिकालाई अन्त्य गर्ने ट्रम्पले घोषणालाइ गरेका थिए।यस्तो अवस्थामा अमेरिकी राष्ट्रपति ट्रम्पले गरेको इराक भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ। राष्ट्रपति ट्रम्प र अमेरिकी प्रथम महिला मेलानिया स्थानीय समय अनुसार बुधबार बेलुका ७ः१६ मा पश्चिम इराकमा रहेको अल असाद एयर बेसमा पुगेका थिए।

राष्ट्रपति ट्रम्पले इराक छोड्नु केही घण्टा अगाडि करिब एक सय जना अमेरिकी विशेष सैन्य कमाण्डर र अरु केही अधिकारीहरुसँग सामुहिक वार्ता गरेका थिए। यसरी विभिन्न समूहमा छुट्टाछुट्टै रुपमा गरिएको वार्ताको क्रममा हाल इराकमा रहेका अमेरिकी सैनिकको अवस्थाका साथै इराकको सुरक्षा अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ।

यसअघि नै इराकका प्रधानमन्त्री अदेल अब्देलसँग ट्रम्पको औपचारिक भेटवार्ता हुने कुरा थियो। तर पछि भने उनीहरुबीच भेट नभई फोनवार्ता मात्र भएको बताइएको छ। इराकी प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार सो वार्ताका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले इराकी प्रधानमन्त्रीलाई अमेरिका भ्रमणको निमन्त्रणा दिएका थिए। फोनवार्ताका क्रममा अमेरिकी सेना फर्काउने विषयमा कुराकानी भए नभएको बारेमा भने केही बताइको छैन।

प्रकाशित: १२ पुस २०७५ १०:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App