क्यामरुन - क्यामरुनमा नयाँ राष्ट्रपति चयनका लागि अाइतवार मतदान भइरहेको छ। वर्तमान राष्ट्रपति पल बीया साताैं कार्यकालका लागि चुनावी मैदानमा छन्। उनका विरुद्धमा विपक्षीहरुले संयुक्त रुपमा निर्वाचन लडेका छन्। ८५ वर्षीय राष्ट्रपति पल चुनावमा जित हात पार्दै पुन: सात वर्षे शासनकाल लम्ब्याउने दाउमा रहेका छन्। चुनाव शान्तिपूर्ण रुपमा अघि बढीरहेकाे अधिकारीहरुले बताएका छन्।
प्रकाशित: २१ आश्विन २०७५ १०:५८ आइतबार





