४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

'छाेरीकाे नाम एसियन गेम'

काठमाडाैं - इन्डोनेसियाका एक दम्पतीले एक महिना अघि जन्मेकी आफ्नो छोरीको नाममा एसियन गेम्स थपेका छन्। उनीहरुले आफ्नो राष्ट्रमा चलिरहेको एसियन खेलकुदको सम्मान स्वरुप आफ्नो छोरीको नामका पछाडी एसियन गेम थपेका हुन्। यो सँगै उनको नौलो नाम मोनिकर अविधा एसियन गेम भएको छ।

अविधा एसियन खेल सञ्चालन भइरहेको पालेम्वाङमा एक महिना अघि जन्मेकी थिइन्। उनका पिता योरडानीया डेनीले आफुहरुले छोरीको पहिलो नाम राखिसकेको भएपनि अन्तिम नामको खोजी गरिरहँदा आफ्नै देशमा भएको यति ठुलो र ऐतिहासिक प्रतियोगिताबाट नाम राख्ने अवसर जुरेको बताए। यस्तै अविधाकी आमा भेराले उनीसँग भएका क्षमतालाई आफुहरुले सधै समर्थन र सहयोग गर्ने बताईन।

एसियन खेलकुद (एसियाड) को १८ औं संस्करणका लागि  ४५ देशबाट १२ हजारभन्दा बढी खेलाडीले विभिन्न ४७ खेलमा ४ सय ६२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दैछन्।

 

प्रकाशित: ६ भाद्र २०७५ ०९:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App