दिल्ली–कलाकार नवजोतसिंह सिद्धुविरुद्ध राज्यद्रोहको आरोपमा मुद्धा लगाइएको छ। पञ्जाव सरकारका मन्त्री रहेका उनलाई पाकिस्तानी सेना प्रमुखसँग अंकमाल गरेकामा विहारको मुजफ्फरपुरस्थित अदलतमा यस्तो मुद्दा दायर गरिएको हो।
पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री इमरान खानको सपथग्रहण समारोहमा सिद्धुले त्यहाँका सेना प्रमुख जनरल क्वामर जाभेद बाजवासँग अंकमाल गरेका थिए।
एक अधिवक्ताले दायर गरेको अभियोगपत्रमा पाकिस्तान अधिनस्त कास्मिरका प्रमुख मशुदखान सँग संगै बसेको पनि आरोप लगाइएको छ।
पञ्जावका मुख्यमन्त्री अमरेन्दर सिंहले सिद्धुले पाकिस्तानी सेना प्रमूखसँग अंकमालको समर्थन नगर्ने बताएका छन्।
भारत फर्किएपछि सिद्धुले भने आफ्नो बचाउ गरेका छन्। उनले ‘मेरै अगाडि कुनै व्यक्ति आएर हामी एउटै संस्कृतिमा आवद्ध छौ र गुरु नानकको ५५०औ प्रकाश पर्वमा करतरपुर सीमाना खुला गर्छु भनेपछि म के गर्न सक्छु’ भन्दै त्यसलाई स्वाभाविक बनाउन खोजेका छन्।
भारतीय जनता पार्टीले सिद्धुको पाकिस्तान भ्रमण र पाकिस्तानी सेना प्रमुखसंगको अंकमाललाई ‘लज्जास्पद’ भनेको छ।
प्रकाशित: ४ भाद्र २०७५ ११:११ सोमबार