वासिङटन - जासुसी गरेको आरोपमा रुसी महिला मारिया बुटिना अमेरिकामा पक्राउ परेकी छन्।
रुसी सरकारको एजेन्टका रुपमा राजनीतिक समूहमा घुसपैठको षड्यन्त्र रचेको आरोपमा उनलाई दोषी मानिएको हाे।
अमेरिकी सन्चारमाध्यमहरुका अनुसार मारियाले सत्तारुढ पार्टीसँग राम्रो सम्बन्धकाे अाडमा बन्दुक अधिकारको पक्षमा वकालत गरिरहेकी थिइन् । रूसी सरकारको उच्च अधिकारीहरुको निर्देशनमा उनी कार्यरत थिइन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फिनल्यान्डमा भएको वार्ताको केही समयपछि नै उनी पक्राउ परेकी हुन्।
प्रकाशित: १ श्रावण २०७५ ०३:४० मंगलबार





