coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर–दक्षिण कोरियाबीच बास्केटबल ‘कूटनीति’

उत्तर कोरियाको भ्रमणमा जान लागेको दक्षिण कोरियाको महिला बास्केटबल टिम । तस्बिर : एजेन्सी

सोल– दक्षिण कोरियाका एकजना उच्च सरकारी अधिकारीले नेतृत्व गरेको बास्केटबल खेलाडीको एक समूह मंगलबार उत्तर कोरिया प्रस्थान गरेको छ।

दक्षिण कोरियाका दर्जनौं बास्केटबल खेलाडीसहित उनी मंगलबार त्यसतर्फ प्रस्थान गरेको दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारमा जनाइएको छ । बास्केटबल खेलाडीसहित दक्षिण कोरियाली अधिकारी उत्तर कोरिया जानुलाई केही सञ्चारमाध्यमले दुई देशबीचको ‘बास्केटबल कूटनीति’ भनी व्याख्या गरेका छन् ।

ती सञ्चारमाध्यमले दुई देशबीच पछिल्लो समयमा विकास भएको कूटनीतिक सम्बन्धमा यसले थप सुधार ल्याउने बताएका छन् । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार बास्केटबल उत्तर कोरियाली नेता किम जोङ उनको सबैभन्दा मनपर्ने खेल हो । अहिले आएर उनको लोकप्रिय खेलका खेलाडीले उत्तर कोरियाको भ्रमण गर्नुलाई अर्थपूर्णरुपमा लिनुपर्ने बताइएको छ । दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनको नेतृत्वमा ५० जना बास्केटबल खेलाडीको प्रतिनिधिमण्डल मंगलबार उत्तर कोरियाको राजधानी प्योङयाङका लागि प्रस्थान गरेको बताइएको छ ।

उत्तर कोरियाली नेता किम जोङ–उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जुन १२ मा सिंगापुरमा भएको वार्तापछि पहिलो पटक दक्षिण कोरियाका उच्च अधिकारीले प्योङयाङ भ्रमण गर्न लागेका हुन् । अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ मा सिंगापुरमा भएको शिखर वार्तापछि अमेरिका र उत्तर कोरिया तथा उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आएको बताइन्छ । यी दुई देशबीच भएको उक्त ऐतिहासिक वार्तामा भएका सम्झौताको कार्यान्वयनका बारेमा हाल उत्तर कोरियाले काम गरिरहेको जानकारी गराइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले यसअघि नै एउटा पारमाणविक उत्पादन केन्द्र भत्काइसकेको र सो कुरा सार्वजनिक पनि भइसकेको बताएका छन् । जुन १२ मा सिंगापुरमा भएको वार्ताकै क्रममा पनि उत्तर कोरियाली नेता किम जोङ–उनले आफूले शक्तिशाली आणविक केन्द्र भत्काइसकेको जानकारी दिएको समाचार बाहिरिएको थियो ।

 

प्रकाशित: २० असार २०७५ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App