लन्डन – भारत महिला हिंसाको उच्च जोखिममा रहेको विश्वव्यापी रूपमा महिला हिंसाको क्षेत्रमा कार्यरत्त एक संस्थाले बताएको छ।
ग्लोबल पोल नामक संस्थाले मंगलबार एक तथ्यांक सार्वजनिक गर्दै भारत महिला हिंसाको क्षेत्रमा संसारकै एक खतरापूर्ण राष्ट्रको रूपमा रहेको बताएकाे छ ।थोमस रोयर्टस फाउन्डेसनको एक अध्ययन अनुसार युद्धग्रस्त मुलुकहरू अफगाननिस्तान र सिरिया महिला हिंसाको उच्च जोखिममा रहेको दोस्रो र तेस्रो मुलुकको सूचीमा परेका छन्।
अनुसन्धान अनुसार अमेरिका महिला विकासको क्षेत्रमा उत्तरदायी मुलुकको सूचीमा परेको छ ।सन् २०११ मा गरिएको सर्वेक्षणमा समेत भारत , पाकिस्तान ,सोमालिया लगायतका मुलुकहरू महिला हिंसाको उच्च जोखिमयुक्त मुलुकको सूचीमा परेका थिए ।
प्रकाशित: १२ असार २०७५ ०४:०२ मंगलबार