९ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानका सुप्रिम नेताले देशवासीलाई भने: दुस्मनलाई डराएको महसुस भए छोड्दैनन्

इरानका सुप्रिम लिडर आयतुल्लाह अली खामेनीले देशबासीका नाममा सम्बोधन गर्दै हालसम्म गरेको व्यवहार जारी राख्न आग्रह गरेका छन्। खामेनीले विहीबार एक्समार्फत देशबासीलाई यस्तो सन्देश दिएका हुन्।

‘यदि दुस्मनलाई हामी उनीहरूसँग डराउँछौँ भन्ने महशुस भयो भने उनीहरू तपाईँलाई छोड्ने छैनन्,’ खामेनीले भनेका छन्। त्यसैले इरानी जनताले हालसम्म कायम राखेको व्यवहार जारी राख्न उनले आग्रह गरेका छन्।  

उता इरानका उप विदेशमन्त्री सइद खतिबजादेहले इरान अमेरिकासँगको  परमाणु वार्ता सम्झौताको चरणमा पुगेका बेला इजरायलले हमला गरेको दाबी गरेका छन्। ‘इजरायलले पूरा सम्झौता प्रक्रिया बिफल बनाउनका लागि आक्रमण गरेको हो,’ बिबिसीसँगको कुराकानीमा उनले भने।  

इजरायलले आक्रमण गरेपछि इरानले पछिल्लो आइतबार अमेरिकासँगको परमाणु वार्ता रद्द थरेको थियो।  

पछिल्ला केहीदिनयता इरान र इजरायलले एकअर्काको देशमा हवाई तथा क्षेप्यास्त्रमार्फत हमला गरिरहेका छन्। जसले मध्यपूर्वको स्थिति तनावपूर्ण छ। 

प्रकाशित: ५ असार २०८२ १९:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App