१९ चैत्र २०८१ मंगलबार
image/svg+xml २२:५१ अपराह्न
अन्तर्राष्ट्रिय

भारतको छत्तीसगढमा १६ माओवादी मारिए, दुई सुरक्षाकर्मी घाइते

भारतीय सुरक्षा अधिकारीहरूले छत्तीसगढको माओवादी प्रभावित सुकमा जिल्लामा मुठभेडमा प्रहरीले १६ माओवादी मारिएको दाबी गरेका छन्। प्रहरीले मारिएका माओवादीको संख्या अझै बढ्न सक्ने उल्लेख गरेको छ। 

छत्तीसगढ प्रहरीका अनुसार शुक्रबार रातिदेखि सुरु भएको संयुक्त कारबाहीका क्रममा सो संख्यामा माओवादी विद्रोही मारिएका हुन्। बस्तर प्रहरी प्रवक्ताका अनुसार सीआरपीएफ र जिल्ला रिजर्भ गार्डको टोली माओवादीविरुद्ध कारबाहीका लागि निस्किएको थियो। 

शनिबार बिहान आठ बजेतिर केरलापाल क्षेत्रमा मुठभेड सुरु भएको थियो। यो कारबाही भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छत्तीसगढ भ्रमणको एक दिनअघि भएको हो। प्रहरीका अनुसार अहिलेसम्म १६ माओवादीको शव फेला परेको छ। 

घटनास्थलबाट ठूलो परिमाणमा एके–४७, एसएलआर, इन्सास राइफल, रकेट लन्चर, बीजीएल लन्चर र विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जानकारी दिएको छ। यो भिडन्तमा दुई जिल्ला रिजर्भ गार्ड जवान घाइते भएका छन्। तर, उनीहरूको अवस्था खतरामुक्त रहेको जानकारी दिइएको छ। बीबीसी हिन्दी

प्रकाशित: १६ चैत्र २०८१ १२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App