१९ चैत्र २०८१ मंगलबार
image/svg+xml २३:२२ अपराह्न
अन्तर्राष्ट्रिय

म्यानमार भूकम्प : एक हजार २ जनाको मृत्यु, दुई हजार ३७६ घाइते

म्यानमारमा शुक्रबार गएको सात दशमलव सात म्याग्निच्युडको भूकम्पमा कम्तीमा एक हजार दुई जनाको मृत्यु भएको सरकारी प्रसारक एमआरटीभीले शनिबार जनाएको छ। यो तथ्याङ्क देशभरका भूकम्प प्रभावित क्षेत्रको हो। त्यस्तै, दुई हजार ३७६ जना घाइते भएका छन्।

छिमेकी थाइल्याण्डको बैंककमा पनि भूकम्पको असर देखिएको छ। त्यहाँ दुई हजारभन्दा बढी भवनमा संरचनात्मक चिराहरू फेला परेका छन्। क्षेत्रीय गभर्नर चाडचार्ट सिट्टीपुन्टले भने, ‘सुरक्षा पहिलो प्राथमिकता हो। एउटा निर्माणाधीन भवन भत्किए पनि पूर्ण भवनमा क्षति भएको छैन।’ चतुचक पार्क नजिकैको निर्माणाधीन गगनचुम्बी भवन भत्किँदा आठ जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन्।

म्यानमारको मन्डले शहरमा ठूलो क्षति भएको छ। जुन्टा प्रमुख मिन आङ ह्लाइङले शनिबार त्यहाँको अवस्था अनुगमन गरे। सरकारी मिडियाका अनुसार उनले हेलिकप्टरबाट पनि मन्डले क्षेत्रको निरीक्षण गरेका छन्। एजेन्सी

प्रकाशित: १६ चैत्र २०८१ ११:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App