२० चैत्र २०८१ बुधबार
image/svg+xml ३:९ पूर्वाह्न
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा दुई पटक भूकम्पको धक्का

म्यानमार र थाइल्याण्डपछि अब अफगानिस्तानमा पनि भूकम्पको धक्का महसुस भएको छ। शनिबार बिहान अफगानिस्तानमा छोटो समयको अन्तरमा दुई भूकम्प आएका छन्। यो जानकारी राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले दिएको छ।  

केन्द्रले सामाजिक सञ्जालमा जनाएअनुसार पहिलो भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको छ। त्यसको केही समयपछि दोस्रो भूकम्प आएको थियो, जुन ४.७ म्याग्निच्युडको थियो।  

पहिलो भूकम्पको केन्द्रबिन्दु जमिनबाट २२१ किलोमिटर तल थियो भने दोस्रो भूकम्पको केन्द्रबिन्दु १८० किलोमिटर मुनि रहेको जानकारी गराइएको छ।  

शुक्रबार म्यानमार र थाइल्याण्डमा आएका शक्तिशाली भूकम्पमा परेर १५० भन्दा धेरैले ज्यान गुमाएका छन्। अफगानिस्तानमा आज आएका यी भूकम्पको क्षतिबारे तत्काल कुनै जानकारी प्राप्त भएको छैन। 

प्रकाशित: १६ चैत्र २०८१ ०८:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App