अफगानिस्तानमा विगत तीन वर्षमा विनाशको जोखिममा रहेका चालीस ऐतिहासिक स्मारकहरू र सुविधाहरू पुनर्स्थापित गरिएको छ।
अफगानिस्तानको अन्तरिम सरकारको सूचना तथा संस्कृति मन्त्रालयका अनुसार यी ऐतिहासिक स्मारकहरू सात प्रान्तहरूमा पुनर्स्थापित गरिएको हो।
मन्त्रालयले प्राचीन कलाकृतिहरू र ऐतिहासिक स्थलहरूको सुरक्षाका लागि विशेष प्रहरी सुरक्षा एकाइ गठन गरिएको पनि जानकारी दिएको छ।
मन्त्रालयको प्रतिवेदनअनुसार २०२४ मा लगभग ८ हजार २ सय विदेशीहरूले देशका ऐतिहासिक स्मारकहरूको भ्रमण गरेका थिए। सिन्ह्वा
प्रकाशित: १४ चैत्र २०८१ १४:०१ बिहीबार