१९ चैत्र २०८१ मंगलबार
image/svg+xml २१:३ अपराह्न
अन्तर्राष्ट्रिय

ट्रम्पले अमेरिका आउने कारमा २५ प्रतिशत कर लगाए, व्यापार युद्धको 'खतरा'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर सम्बन्धी नयाँ घोषणा गरेका छन्। यस अनुसार अमेरिका आउने कार र कारका पार्टपुर्जामा २५ प्रतिशत भन्सार लाग्ने छ।

ट्रम्पको यो कदमले विश्वव्यापी व्यापार युद्ध सुरु हुने सम्भावना बढाएको छ।

ट्रम्पले नयाँ करहरू अप्रिल २ देखि लागू हुने बताएका छन्। कारका पार्टपुर्जामा यी करहरू मे महिना वा पछि सुरु हुने छन्।

राष्ट्रपतिले आफ्नो कदमले कार उद्योगमा 'ठूलो वृद्धि' हुने दाबी गरेका छन्। उनले यो कदमले अमेरिकामा रोजगारी र लगानी पनि बढाउने वाचा समेत गरे।

तर, यस विषयमा विज्ञहरूको राय भने फरक छ। ट्रम्पको कदमले अमेरिकामा उल्लेखनीय कार उत्पादन अस्थायी रूपमा रोक्न सक्छ, मूल्य बढाउन सक्छ र सहयोगी देशहरूसँगको सम्बन्धमा तनाव उत्पन्न गर्न सक्छ भन्ने उनीहरूको विश्वास छ।

संयुक्त राज्य अमेरिकाले गत वर्ष लगभग ८० लाख कार आयात गरेको थियो, जुन लगभग २४० अर्ब डलर बराबरको व्यापार थियो।

अमेरिकामा कार पठाउनेमा मेक्सिको सबैभन्दा अगाडि छ। यसपछि दक्षिण कोरिया, जापान, क्यानडा र जर्मनी पर्छन्।

ट्रम्पको नयाँ कदमले विश्वव्यापी कार व्यापार र यसको आपूर्ति शृङ्खलालाई असर गर्ने खतरा छ। एजेन्सी

प्रकाशित: १४ चैत्र २०८१ ०७:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App