५ चैत्र २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा विमान दुर्घटना भएको छ। विमान अवतरण गर्ने समयमा यो दुर्घटना भएको हो।

अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार दिउँसो २:४५ बजे अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो। विमानमा ८० जना सवार थिए।

चिकित्सा सहायतामा संलग्न टोलीका अनुसार यस घटनामा १५ जना घाइते भएका छन्, जसमध्ये तीन जना गम्भीर घाइते भएको बताइएको छ। घाइतेहरूमा एक बालक र दुई वयस्क पनि रहेका छन्।

विमान अमेरिकाको मिनियापोलिसबाट टोरन्टो गएको हो। अवतरणको समयमा विमानको पखेटामा रहेका फ्ल्यापहरूले राम्रोसँग काम नगरेकfले विमान पल्टिएको जनाइएको छ।

एफएएका अनुसार सबै यात्रुहरूलाई विमानबाट बाहिर निकालिएको थियो। विमान दुर्घटना हुनुको कारण अझै थाहा हुन सकेको छैन।

क्यानडाकी यातायात मन्त्रीले यो 'गम्भीर घटना' मा नजर राखेको बताए।

केही समयअघि फ्लाइट रडार २४ ले टोरन्टो पियर्सन विमानस्थलबाट लगभग २६ उडानहरू डाइभर्ट गरिएको कुरा एक्समा लेखेको थियो।

डेल्टा एयर लाइन्सका सीईओ डेबोरा फ्लिन्टले कुनै पनि यात्रु गम्भीर घाइते भएको बारेमा आफूलाई थाहा नभएको बताए। जबकि, स्थानीय स्तरमा चिकित्सा सहायतामा संलग्न टोलीले तीन जना गम्भीर घाइते भएको बताएको छ। एजेन्सी

प्रकाशित: ६ फाल्गुन २०८१ ०७:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App