११ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्यु

टर्कीएको राजधानी अङ्कारामा विषाक्त मदिरा सेवनबाट कूल ३३ जनाको मृत्यु भएको छ भने अन्य २० जना अस्पतालमा उपचाररत रहेको बताएका छन्।

टर्कीएमा अवैध उत्पादित मदिराबाट हुने विषाक्तता सामान्य छ। यहाँ सरकारले मदिरामा कर बढाएपछि निजी उत्पादन तीव्र रूपमा बढेको छ।

राज्य सञ्चालित एनादोलु समाचार एजेन्सीका अनुसार मादक पेय पदार्थ आपूर्ति गरेको आशङ्कामा ३२ जनालाई हिरासतमा लिइएको छ।

अङ्कारा प्रान्तीय गभर्नरको कार्यालयले मङ्गलबार विषाक्त रक्सीको प्रयोगको विरुद्धमा सार्वजनिक चेतावनी जारी गरेको थियो।

अन्य शहरहरूमा पनि यस्तै घटनाहरू दर्ता गरिएको छ। इस्तानबुलमा जनवरीमा विषाक्त रक्सीको कारण कम्तिमा ९० जनालाई अस्पतालमा भर्ना गरिएको थियो, जसमा ३८ जनाको मृत्यु भएको थियो।

अधिकांश मृत्यु मिथेनोल विषाक्तताको कारणले हुन्छ।

टर्कीएका अधिकारीहरूले विषाक्त मदिराको उत्पादन र बिक्रीमा कडाइ गर्न प्रयासहरू तीव्र पारेका छन्। साथै, अधिकारीहरूले जनतालाई इजाजत नभएका पेय पदार्थहरूबाट बच्न आग्रह गरेका छन्। सिन्ह्वा

प्रकाशित: २५ माघ २०८१ २१:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App