२८ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिनियाँ विदेशमन्त्री वाङद्वारा सिरियाबारे ‘गहिरो चिन्ता’ व्यक्त

बेइजिङका उच्च कूटनीतिज्ञ वाङ यीले आफ्ना इजिप्टका समकक्षीसँग सिरियाको अवस्थाबारे चीनसँग ‘गहिरो चासो’ व्यक्त गरेका छन्।  

इजिप्टका विदेशमन्त्री बद्र अब्देलाटी र वाङले बेइजिङको दियाओयुताई स्टेट गेस्टहाउसमा संयुक्त पत्रकार सम्मेलन गरी ‘रणनीतिक वार्ता’का लागि दुई दिने भ्रमण सम्पन्न गरेका हुन्।

“दुवै पक्ष सिरियाको वर्तमान् अवस्थाप्रति चिन्तित छन् र सिरियाको सार्वभौमिकताको सम्मान गर्न आह्वान गर्दछन्,” वाङले पत्रकारसँग भने,“आतङ्कवादी र अतिवादी शक्तिहरूलाई अराजकताको फाइदा लिनबाट रोक्न चीनले आग्रह गर्दछ।”

अपदस्थ सिरियाली राष्ट्रपति बशर अल असदले इस्लामवादी हयात तहरीर अल–शाम (एचटीएस)समूह र यसका सहयोगीहरूको नेतृत्वमा आक्रामक आक्रमणपछि देश छोडेर भागेको सञ्चारमाध्यम तथा विभिन्न मानवअधिकारवादी समूहले बताएका छन्।  

असद प्रशासनको पतनले एक युगको अन्त्य गरेको छ जसमा संदिग्ध विद्रोहीहरूलाई जेलमा राखिएको थियो वा निर्मम यातना दिई हत्या गरिएको थियो।  

करिब १४ वर्षको युद्धको अन्तरालमा पाँच लाखभन्दा बढी मानिसहरूको ज्यान गएको छ र लाखौं विस्थापित भएका छन्।  

“मध्यपूर्वमा शान्ति र स्थिरता हासिल गर्न हामीले शान्ति र वार्तालाई बढावा दिनुपर्छ भन्नेमा हामी सहमत भयौं,” वाङले अब्देलाटीसँगको संयुक्त पत्रकार सम्मेलनमा भने। एएफपी

प्रकाशित: २८ मंसिर २०८१ १४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App