भारत, ओडिशाको भुवनेश्वरमा ४ वर्षीया बालिकालाई उनका बाबुआमाले ४० हजार भारतीय रुपैयाँमा बेचेका छन्। बडागाडा प्रहरीले बालिकाको उद्धार गर्दै अनुसन्धान सुरु गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार बिहारका आरोपित दम्पतीले आर्थिक समस्याका कारण चार वर्षीया छोरीलाई पिपिलीको एक नि:सन्तान दम्पतीलाई बेचेका थिए। दम्पतीले दैनिक मजदुरी गरेर जीविका चलाउँदै आएको पाइएको छ।
प्रहरीका अनुसार सार्थक मोहन्तीले आफ्नो घर भाडामा बस्ने दम्पतीले छोरी बेचेको आरोप लगाएकी थिइन्। बालिका बाल कल्याण समितिलाई हस्तान्तरण गरिनेछ। श्रोतका अनुसार सम्झौता गर्दा दम्पतीसँगै बिचौलिया पनि क्यामेरामा कैद भएका थिए।
६ जनालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित: १३ मंसिर २०८१ ११:३४ बिहीबार