११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

महाराष्ट्रमा भाजपा गठबन्धनको फराकिलो अग्रता, मुख्यमन्त्री को ?

महाराष्ट्रको २८८ सिटको विधानसभा चुनावमा केन्द्रमा नेतृत्व गरिरहेको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको महायुती गठबन्धनले ६ सिटमा जित निकालेको २१४ सिटमा अगाडि छ। 

एक सिट जितेको कांग्रेस नेतृत्वको महाविकास आघाडी ५२ सिटमा अग्रता लिइरहेको छ। यदि यो कुरा नतिजामा परिणत हुँदा भाजपा नेतृत्वको गठबन्धनको शानदार जित हुनेछ।  

तर, सबैभन्दा ठूलो प्रश्न भनेको मुख्यमन्त्री को बन्ने हो। महायुती गठबन्धनमा भाजपा सबैभन्दा ठूलो दलको रूपमा उभिएको छ। सोहीकारण उसकै नेताले मात्र मुख्यमन्त्री पद सम्हाल्न सक्ने अनुमान गरिएको छ।  

अहिले उपमुख्यमन्त्री भाजपाका देवेन्द्र फडणवीसको नाम मुख्यमन्त्रीको लागि चर्चामा रहेको छ। तर भाजपाको केन्द्रीय नेतृत्वले कुनै नयाँ अनुहारलाई अगाडि ल्याउनसक्ने आंकलन पनि भइरहेको छ।  

महाराष्ट्रमा ओबीसी (पिछडिएका वर्ग)का जितेन्द्र दीक्षितले सुधीर मुनगन्टीवारको नाम पनि मुख्यमन्त्रीका लागि सम्भावित उम्मेदवारको रूपमा चर्चामा रहेको बीबीसी हिन्दीले लेखेको छ। सँगै विनोद तावडे र पञ्कजा मुण्डेको नाम पनि चर्चामा रहेको छ।

प्रकाशित: ८ मंसिर २०८१ १४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App