७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ब्राजिलको सर्वोच्च अदालत बाहिर विस्फोट,एक व्यक्तिको मृत्यु

ब्राजिलको सर्वोच्च अदालतबाहिर भएको विस्फोटमा एक जनाको मृत्यु भएको छ। अदालतको भवन बाहिर बुधबार साँझ विस्फोट भएको थियो। विस्फोटपछि सर्वोच्च अदालत खाली गरिएको बीबीसीले जनाएको छ। 

ब्राजिलियाका डेपुटी गभर्नरले एक व्यक्ति अदालत प्रवेश गर्न खोज्दा रोकेपछि उक्त विष्फोट भएको भनेका छन्। भवन बाहिर शव फेला परेको प्रहरीले जनाएको छ। 

मृतकको अहिलेसम्म परिचय खुलेको छैन। ब्राजिलका महान्यायाधिवक्ता जर्ज मेसियसले आक्रमणको निन्दा गर्दै यसबारे विस्तृत अनुसन्धान गर्ने जनाएका छन्।

प्रकाशित: २९ कार्तिक २०८१ १२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App