२८ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाको नयाँ विदेशमन्त्रीमा रुबियो चयन

राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले मार्को रुबियोलाई विदेशमन्त्री चयन गरेका छन्। फ्लोरिडा राज्यका रिपब्लिकन अमेरिकी सिनेटर मार्को रुबियोलाई ट्रम्पले विदेशमन्त्रीको जिम्मेवारी दिने घोषणा गरेका हुन्।

ट्रम्पले रुबियोलाई संयुक्त राज्य अमेरिकाको विदेश सचिवमा मनोनीत गर्न पाउँदा आफुलाई गौरवान्वित महशुस भएको बताएका छन्। 

ट्रम्पको घोषणासँगै रुबियोले पनि विदेश सचिवको हैसियतमा विदेश नीति र एजेन्डा पूरा गर्न हरेक दिन मेहनत गर्ने प्रतिबद्धता जनाएका छन्। 

राष्ट्रपतिमा निर्वाचित भएलगत्तै ट्रम्पले नियुक्तिको प्रक्रियालाई पनि तिब्रता दिएका छन्। ट्रम्पले आगामी जनवरी २० तारिखमा पद तथा गोपनियताको सपथ लिएसँगै कार्यभार सम्हाल्ने छन्। 

प्रकाशित: २९ कार्तिक २०८१ १०:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App