२० मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बोलिभियामा विद्रोही समूहद्ववारा सेनाको चौकी कब्जा, २०० भन्दा बढी सैनिक बन्धक

दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा विद्रोही समूहले चौकी नियन्त्रणमा लिएर २०० भन्दा बढी सैनिकलाई बन्धक बनाएको छ। 

बोलिभियाको सेनाले कोचाबाम्बा नजिकैको चौकीबाट हतियार र गोला बारुद कब्जा गरेको जनाएको छ। बोलिभियाको विदेश मन्त्रालयले २०० भन्दा बढी सैनिकहरूलाई बन्धक बनाएको पुष्टि गर्‍यो।

घटनापछि बोलिभियाका राष्ट्रपति लुइस आर्सेले सशस्त्र समूह पूर्व राष्ट्रपति इभो मोरालेससँग जोडिएको आरोप लगाएका छन्। तर राष्ट्रपति आर्सेलेले प्रमाण पेश गर्न नसकेको सीएनएनले उल्लेख गरेको छ। 

सेनाले यसलाई देशको विरुद्धको विश्वासघात हुने भन्दै विद्रोही समूहलाई तत्काल र शान्तिपूर्ण रूपमा चौकी छोड्न चेतावनी दिएको छ। 

बोलिभियामा २०२५ मा निर्वाचन हुँदैछ। बोलिभियाली प्रहरीले केही शहरमा खाद्यान्न र इन्धनको अभाव भएको भनेको छ।

प्रकाशित: २८ कार्तिक २०८१ ११:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App