६ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नयाँ राष्ट्रपति चयनका लागि अमेरिकामा आज मतदान हुँदै, दुवैबीच कडा प्रतिष्पर्धा

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ। ४७ औँ राष्ट्रपति चयनका लागि १६ करोड ६४ लाख मतदाताले मतदानमा भाग लिँदै छन्।विभिन्न राज्यमा शृङ्खलाबद्ध रूपमा भइरहेको मतदानको पहिलो चरणसम्म आइपुग्दा झन्डै आठ करोड नागरिकले मतदान गरिसकेको विभिन्न सञ्चार माध्यमले जनाएका छन्।

राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा प्रतिष्पर्धा हुने आँकलन गरिएको छ।ह्यारिस अश्वेत महिलाका रूपमा चर्चित उम्मेदवारका रुपमा स्थापित भएकी छन् भने व्यापारिक पृष्ठभूमीका पूर्वराष्ट्रपति ट्रम्प पनि शक्तिशाली उमेद्वार बनेका छन्।

मतसर्वेक्षणहरूले दुई उम्मेदवारबीचको प्रतिस्पर्धा नेक टू नेक भएको देखाएका छन्।अमेरिकाको राष्ट्रपतीय चुनाव इलेक्टोरल कलेज भनिने निर्वाचकमण्डलमा आधारित छ।अमेरिकाका ५० राज्यका लागि जनसङ्ख्याका आधारमा कुल ५ सय ३८ इलेक्टोरल तय गरिएको छ। राष्ट्रपतिमा निर्वाचित हुन कम्तीमा २ सय ७० मत आवश्यक पर्छ।

यस्तै आज हुने चुनावबाट सङ्घीय संसद्को तल्लो सदनका सबै ४ सय ३५ सदस्य र एक सय सदस्यीय माथिल्लो सदन सिनेटका ३३ सदस्य पनि निर्वाचित हुनेछन्। भोलिसम्ममा मतपरिणाम आउने अपेक्षा गरिएको छ। नवनिर्वाचित राष्ट्रपतिले सन् २०२५ , जनवरी २० तारिखमा सपथ गर्ने छन्।  

प्रकाशित: २० कार्तिक २०८१ ०७:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App