१ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बंगलादेशका पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

फाइल तस्बिर: एएफपी

बंगलादेशको एक अदालतले बिहीबार निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। विद्यार्थीहरुको नेतृत्वमा भएको क्रान्ति उत्कर्षमा पुगेपछि हसिना गत अगस्टमा भारत पलायन भएकी थिइन्।

अदालतले हसिनाको अवामी लिग पार्टीका पूर्वमहासचिव ओबैदुल कादर र अरु ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ। ती व्यक्तिहरूको नाम भने सार्वजनिक गरिएको छैन।

"अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ गर्न र उनलाई नोभेम्बर १८ मा अदालतमा उपस्थित गराउन आदेश दिएको छ," बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका मुख्य सरकारी वकिल इस्लामले पत्रकारहरूसँग भने।

शेख हसिनाको १५ वर्षे शासनकालमा व्यापक मानवअधिकार उल्लंघनहरू भएका थिए। जसमा उनका राजनीतिक विरोधीहरूको सामूहिक गिरफ्तारी र गैर-न्यायिक हत्या समावेश थियो।

इस्लामले भने, "शेख हसिना जुलाईदेखि अगस्टसम्म भएका जनसंहार, हत्या र मानवताविरुद्धका अपराधका मुख्य जिम्मेवार हुन्।

हसिनाको शासन पतन भएपछि उनका धेरै सहयोगीलाई हिरासतमा लिइएको छ। उनीहरूलाई विरोधका क्रममा ७०० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो। यी सबैमा उनलाई दोषी ठहर गरिएको छ।

हसिनाका पूर्वमन्त्रीहरू र अवामी लिगका वरिष्ठ सदस्यहरू पनि पक्राउ परेका छन्। उनको सरकारले नियुक्त गरेका व्यक्तिहरूलाई अदालत र केन्द्रीय बैंकबाट हटाइएको छ।

शेख हसिना भने बंगलादेशबाट हेलिकप्टरमा भागेपछि सार्वजनिक रूपमा देखिएकी छैनन्।

प्रकाशित: १ कार्तिक २०८१ १५:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App