२९ भाद्र २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बढ्न थाल्यो जापानको बेरोजगार दर

जापानमा बेरोजगारी दर एक महिना अघिको तुलनामा जुलाईमहिनामा बढेको छ।

जापानको सञ्चार तथा आन्तरिक मामिला मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको प्रतिवेदन अनुसार मौसमी रूपमा समायोजन गरिएको बेरोजगार दर २.७ प्रतिशत रहेको छ, जुन अघिल्लो महिना २.५ प्रतिशत थियो।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्याङ्कअनुसार रोजगारीको उपलब्धता अनुपात जुन महिनामा ०.०१ अङ्कले बढेर १.२४ पुगेको छ।

तथ्याङ्कले काम खोज्ने प्रत्येक १०० जनाका लागि १२४ रोजगारी उपलब्ध रहेको सङ्केत गर्छ।

विश्लेषकहरूले जुलाईमा रोजगारीको वातावरण बिग्रिएको औंल्याए, तर बेरोजगारहरूमा स्वेच्छिक राजीनामाका घटनाहरू बढेका कारण श्रम बजारको तरलता बढ्दै गएको हुन सक्ने बताएका छन्। रासस

प्रकाशित: १४ भाद्र २०८१ १३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App