१४ पुस २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बंगलादेशमा राष्ट्रपतिले गरे संसद् विघटन

बंगलादेशमा राष्ट्रपति मोहम्मद शाहबुद्दिनले संसद् विघटन गरेका छन्। मंगलबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै संसद् विघटन भएकाे जानकारी दिएकाे हाे।

यो निर्णय विद्यार्थी आन्दोलनका संयोजकहरूले राखेको प्रमुख माग अनुसार गरिएको विज्ञप्तिमा भनिएकाे छ। विद्यार्थीहरूले यसका लागि स्थानीय समय अनुसार दिउँसो ३:०० बजेसम्मको समयसीमा तोकेका थिए।

विद्यार्थी प्रदर्शनकारीहरूले सैनिक नेतृत्वको सरकार स्वीकार नगर्ने बताएका छन्। उनीहरूले नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनूसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकार बनाउन सहमत गराएको पनि बताएका छन्।

प्रकाशित: २२ श्रावण २०८१ १५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App