२४ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हार स्वीकार्दै सुनकले भनेः जनताको फैसला गरिमापूर्ण, यसबाट हामीले सिक्नुपर्छ

बेलायतका प्रधानमन्त्री एवं कन्जर्भेटिभ पार्टीका नेता ऋषि सुनकले आफ्नो हार स्वीका गरेका छन्।

बिहीवार भएको निर्वाचनमा कन्जर्भेटिभ पार्टीले नराम्रोसँग हार व्यहोरे पछि उनले आफ्नो हार स्वीकार्दै लेबर पार्टीका नेता सर किएर स्टार्मरलाई बधाई दिएका छन्।

बेलायती जनताले गरिमापूर्ण निर्णय गरेको भन्दै उनले यसबाट सिक्नुपर्ने बताए। उनले हारको जिम्मेवारी लिँदै नयाँ बन्ने सरकारका लागि लेबर पार्टीका नेता स्टार्मरलाई बधाई दिएका हुन्।

निर्वाचनमा सुनकको कन्जर्भेटिभ पार्टीले निकै नराम्रो हार व्यहोरेको छ। कन्जर्भेटिभ पार्टीले जम्मा ११८ सिटमा जित निकालेको छ भने स्टार्मरको लेबर पार्टीले ४१० सिट जितिसकेको छ। ६५० सिटमध्ये बाँकी सिटको नतिजा केही बेरमै सार्वजनिक हुनेछ।

बेलायतमा बहुमतको सरकार गठनका लागि ३२६ सिटको आवश्यकता हुन्छ।

१४ वर्ष पछि लेबर पार्टी बेलायती सत्तामा फर्किदै छ।

प्रकाशित: २१ असार २०८१ १२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App