२४ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायतका प्रधानमन्त्री सुनकद्वारा राजीनामाको घोषणा

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले राजीनामाको घोषणा गरेका छन्। बिहीवार भएको निर्वाचनमा कन्जरभेटिभ पार्टीले नराम्रो पराजय भोग्ने सङ्केत देखिए पछि उनले पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।

बिहीवार भएको निर्वाचनमा लेबर पार्टीले बहुमत हासिल गर्ने देखिएको छ। १४ वर्ष पछि लेबर पार्टी सत्तामा फर्किने निश्चित जस्तै छ। लेबर पार्टी सत्तामा आए किएर स्टार्मर प्रधानमन्त्री बन्न सक्छन्।

लेबर पार्टीले हासम्म ६० सिटमा जित हासिल गरिसकेको छ भने सुनकको कन्जरभेटिभ पार्टीले जम्मा ३ सिट जितेको छ। बेलायतमा बहुमतको सरकार गठनका लागि ३२६ सिटमा जित आवश्यक हुन्छ।

६५० सिटका लागि भएको निर्वाचनको नतिजा आज साँझसम्म घोषणा गरिने छ।

बेलायतको अर्थतन्त्र निकै खस्केको अवस्थामा सुनक बेलायतका प्रधानमन्त्री बनेका थिए। २०२२ मा प्रधानमन्त्री बनेका सुनक बेलायको पहिलो भारतीय मुलका प्रधानमन्त्री हुन्।

प्रकाशित: २१ असार २०८१ ०८:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App