१५ असार २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलङ्काको अर्थतन्त्र यस वर्ष २.२ प्रतिशतले विस्तार हुने

विश्व बैँकले सन् २०२४ मा श्रीलङ्ककाको अर्थतन्त्र २.२ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ।

सन् २०२४ को प्रारम्भमा, पाकिस्तान र श्रीलङ्का लगायतका धेरै देशहरूमा निजी क्षेत्रको गतिविधि बढेको र यो क्रम निरन्तर वर्षभरी नै जारी रहने विश्व बैँकले जनाएको छ। साथै सन् २०२६ मा श्रीलङ्काको अर्थतन्त्र तीन प्रतिशत पुग्ने अपेक्षा पनि विश्व बैँकले गरेको छ।

विश्व बैँकको प्रतिवेदन अनुसार श्रीलङ्कामा आर्थिक गतिविधि सुदृढ भई पर्यटन र रेमिट्यान्स पनि पुनः प्राप्त भएको छ। यद्यपि तिनीहरू पूर्व–महामारीको स्तरभन्दा तल रहेका छन्।

दक्षिण एसिया क्षेत्रको आर्थिक वृद्धि सन् २०२४ मा ६.२ प्रतिशतमा झर्ने र सन्  २०२५–२६ सम्ममा यो दर कायम रहने अनुमान गरिएको छ। रासस

प्रकाशित: ३२ जेष्ठ २०८१ १३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App