१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बन्दुक नियन्त्रणको माग गर्दैे अमेरिकामा प्रदर्शन

न्यूयोर्क – बन्दुक प्रयोगलाई पूर्णरूपमा नियन्त्रणको माग गर्दै अमेरिकी विद्यार्थीहरूले अमेरिकाभरी विशाल प्रदर्शन गरेका छन्।

अमेरिकाभरी करिब ८०० स्थानहरूमा उक्त प्रदर्शन गरिएको छ। त्यसमध्ये राजधानी वासिंगटनमा भएको प्रदर्शनलाई विशाल मानिएको छ।उक्त प्रदर्शनमा करिब ५ लाख मानिसहरूको सहभागी थिए।प्रदर्शनमा हलिउड क्षेत्रका प्रख्यात कलाकारहरू समेत सहभागी थिए। प्रदर्शन बन्दुक नियन्त्रणसम्बन्धी नयाँ नियम बनाउनका लागि दबाब दिने लक्ष्यका साथ गरिएको हो।

अमेरिकाको संविधानले नै बन्दुक किन्नका लागि नागरिकहरूलाई छुट प्रदान गरेको छ। एक सर्वैक्षण अनुसार अमेरिकाका करिब ४० प्रतिशत नागरिकहरूले बन्दुक राख्ने गरेका छन्।

 

प्रकाशित: ११ चैत्र २०७४ ०६:२० आइतबार