१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पूर्व क्याटलन नेता फिनल्यान्डमा पक्राउ पर्ने

हेलसिन्की – क्याटलोनियाका पूर्वराष्ट्रपति कार्लेस पुइगडेमन्ट फिनल्यान्डबाट पक्राउ पर्नसक्ने भएका छन्।
 
स्पेनबाट स्वतन्त्र हुनेबारेमा गत वर्ष गरेको एउटा विवादास्पद जनमत संग्रहपछि पदबाट वर्खास्त परेका स्वतन्त्र क्याटलोनियाका पक्षधर नेता स्वघोषित रूपमा बेल्जियममा निर्वासन जीवन बिताइरहेका थिए।

फिनल्यान्डका अधिकारीहरुले स्पेन सरकारद्वारा पुइगडेमन्टलाई पक्राउ गर्नेबारेमा जारी गरेको अन्तर्राष्ट्रिय वारेन्ट प्राप्त गरेपछि उनी फिनल्यान्डमा पक्राउ पर्न सक्ने समाचार एजेन्सी रोयटर्सले जनाएको छ। 

हालसालै मात्र स्पेनले निर्वासनमा रहेका पूर्व क्याटलन नेतामाथि कानुनी कदम चाल्दै अन्तर्राष्ट्रिय पक्राउ वारेन्ट जारी गरेको थियो।

पुइगडेमन्टलाई यदि फिनल्यान्डले पक्राउ गरेर स्पेन पठायो भने उनले गत वर्ष देश टुक्र्याउनका लागि गैरकानुनी जनमतस संग्रह गराएर देशद्रोह र विखण्डन गर्ने कार्य गरेको आरोपमा स्पेनी कानुनअनुसार २५ वर्षसम्म जेल सजाय पाउन सक्छन् । जब पुइगडेमन्टसम्म प्रहरी पुग्ने छ, तबसाधारण सुपुदर्गी प्रक्रिया सुरु हुनेछ। तर हालसम्म पुइगडेमन्ट कहाँ छन् भनेर पत्ता नलागेको फिनिस अधिकारीले शनिबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ। 

स्पेनी रेडियो क्याटालुन्यामा अन्तर्वार्ता दिँदै पुइगडेमन्टका वकिल जाउमी आलोन्सो क्युभिलासले आफ्ना क्लाइन्ट फिनिस प्रहरीसमक्ष हाजिर हुन तयार रहेको केही समय अघि बताएका थिए। गत शुक्रबार स्पेनको सर्वोच्च अदालतले पुइगडेमन्टसहित अन्य २५ विखण्डनवादी क्याटलन नेतालाई देशविद्रोह र राज्यको नीतिको अवमूल्यन गरेको आरोपमा मुद्दा चलाउने फैसला गरेको थियो। 

प्रकाशित: ११ चैत्र २०७४ ०३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App