२३ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ईरानी राष्ट्रपतिको निधनले इजराइलमा खुशी!

ईरानी राष्ट्रपति इब्राहिम रईसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि विश्व समुदायको फरक–फरक प्रतिक्रिया सार्वजनिक भइरहेको छ।

आइतवार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रईसीसहित ईरानी विदेशमन्त्री हुसैन अब्दुल्लाहयानको पनि मृत्यु भएको छ।

६३ वर्षीय राष्ट्रपति रईसीको मृत्युले ईरान स्तब्ध छ। तर, उनको मृत्युले इजराइललाई भने खुसी दिएको छ।

ईरानलाई कट्टर दुश्मन मान्ने इजराइलले रईसीको मृत्युले राहतको अनुभव गरिरहेको छ। हमाससँगको युद्धमा रहेको इजराइलमाथि ईरानले आक्रमण गरेको थियो। जसको बदलामा इजराइलले पनि आक्रमण गरेको थियो।

इजराइलको सबैभन्दा ठूलो पत्रिका ‘द टाइम्स अफ इजराइल’ ले लेखेको छ, राष्ट्रपति बन्नु अघि रईसी सर्वोच्च नेता अयातुल्लाह अली खामनेईको अधिनमा रहेको न्यापालिका भित्र विभिन्न पदमा रहेर काम गरेका थिए। १९८८ मा ईरान–इराक युद्धको अन्त्यमा रईसी एक समितिका सदस्य थिए। जसले हजारौँ राजनीतिक कैदीहरूलाई मृत्युको सजाय सुनाएको थियो। हजारौँको सङ्ख्यामा मानिसलाई मृत्युदण्ड दिएपछि उनलाई तेहरानको कसाई भन्न थालियो।

उक्त पत्रिकाकै अर्को खबरमा ईरानलाई कमजोर बताइएको छ। गत जनवरी ३ मा इस्लामिक स्टेटले गरेको आक्रमणमा ८४ जना मारिएका थिए। ईरानको एलिट कुर्द्स फोर्सका प्रमुख जनरल कासिम सोलेमानीको वार्षिक पुण्यतिथिका लागि भेला भएको भिडलाई लक्षित गरी उक्त आक्रमण गरिएको थियो। गत महिना मात्रै सुन्नी आतङ्कवादी समूह जैश अल–अदलले ११ जना ईरानी सेनाको हत्या गरेको थियो।

इजराइलको जेरुसेलम पोस्टमा लेखिएको छ, रईसीलाई अल्लाहले सजा दिएको छ। ‘आइतवार उत्तर पश्चिमी ईरानमा तुवाँलोका कारण ईरानी राष्ट्रपतिको मृत्युप्रति इजराइली यहुदी धर्मगुरुहरूले सार्वजनिक रुपमा टिप्पणी गर्दै रईसीलाई ईश्वरले सजाय दिएको बताएका छन्।

रईसीको मृत्यु पछि इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको तर्फबाट भने हालसम्म कुनै प्रतिक्रिया आएको छैन।

अजरबैजानसँग सम्बन्ध सुधारका लागि दुबै मुलुकले सीमा क्षेत्रमा संयुक्त रुपमा ड्याम निर्माण गरेको छ। जसको उद्घाटनका लागि रईसी अजरबैजान गएका थिए। अजरबैजानबाट ईरान फर्कने क्रममा उनको हेलिकप्टर दुर्घटनामा परेको हो।

हेलिकप्टर दुर्घटना भएको १७ घन्टा पछि ड्रोनको माध्यमबाट घटनास्थलको पत्ता लागेपछि उद्दारकर्ता टोली त्यसतर्फ गएको थियो। दुर्घटनाग्रस्त हेलिकप्टर पूर्णमा जलेको अवस्थामा फेला परेको तथा कसैको पनि जीवित हुने सङ्केत नदेखिएको उद्दारमा खटिएका थिए।

प्रकाशित: ७ जेष्ठ २०८१ १२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App