१७ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानको मध्य क्षेत्रमा बाढी, ५० जनाको मृत्यु

अफगानिस्तानमा बाढीका कारण कम्तिमा ५० जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार  अफगानिस्तानको मध्य क्षेत्र घारेमा शनिवार भएको वर्षा र आएको बाढीका कारण कम्तिमा २ सय घर नष्ट भएका छन्।

प्रहरी अधिकारीहरूका अनुसार वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेको छ भने नदीहरूमा जलस्तर पनि बढेको छ। बाढीमा परी बेपत्ता भएकाहरूको सङ्ख्या यकिन हुन नसकेको प्रहरीले जनाएको छ।

गत साता अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको बाढीमा पनि ३ सय जनाको मृत्यु भएको थियो।

अफगानिस्तानको मौसम विभागले आगामी केहीदिन अझै पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। 

प्रकाशित: ६ जेष्ठ २०८१ ०९:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App