१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रजनन उपचारका लागि आयात गरिएको मानव अण्डामा 'हेमोफिलिया' रोग

महिलाको इन भिट्रो फर्टिलाइजेसन (आइभीएफ) उद्देश्यका लागि आयात गरिएको निषेचित अण्डा आनुवंशिक हेमोफिलिया रोग लागेका दाताबाट आएको पाइएको छ।

इजराइली स्वास्थ्य मन्त्रालयका अनुसार अण्डा जर्जियाको बर्थ नामक क्लिनिकबाट आयात गरिएको हो।

रगत जम्ने कारक तत्व आइएक्सको कमीका कारणले लाग्ने हेमोफिलिया बी रोगलाई क्रिसमस रोग पनि भनिन्छ। आइएक्स रगतमा रहेको प्रोटिन हो। यसले रगत जम्न मद्दत गर्दछ। यसको अभावमा हेमोफिलिया बी भएका मानिसमा चोटपटक वा शल्यक्रियापछि सामान्यभन्दा लामो समयसम्म रगत बग्छ।

यी आनुवंशिक वाहकहरू भएका अण्डाबारे जानकारी दुवै विदेशी र इजराइली क्लिनिकका कर्मचारीलाई उपलब्ध रहेको आशङ्का गरिएको छ। यद्यपि भ्रूणहरू इजराइल भित्र्याइयो। निषेचित अण्डा इजराइली बिरामीहरूमा प्रत्यारोपण गरिएको थियो।

यस विषय निर्क्यौल गर्न सार्वजनिक सहायता आयुक्तले वकिल कार्यालय र इजराइली प्रहरीको सहकार्यमा एक निरीक्षण समितिको गठन गर्न आदेश दिइएको छ। स्वास्थ्य मन्त्रालयले हाल यस एकाइबाट अण्डा र उर्वर अण्डाहरूको आयातमा तत्काल रोक लगाएको जनाएको छ।

स्वास्थ्य मन्त्रालयले इजराइलका सबै आइभिएफ एकाइका प्रबन्धकलाई त्यस्ता अण्डा प्रयोग गर्ने महिला खोजी गरी उनीहरूलाई ती अण्डाको प्रयोगमा हुने जोखिमबारे जानकारी दिन आदेश दिएको छ। रासस

प्रकाशित: ६ चैत्र २०८० ०८:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App