१५ असार २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानमा भीषण वर्षा: ३६ जनाको मृत्यु, ४१ घाइते

पाकिस्तानमा फेब्रुअरी २७ देखि मार्च ३ सम्म परेको भीषण वर्षा पछिका विभिन्न घटना र हिमपातका कारण कम्तीमा ३६ जनाको मृत्यु भएको छ। साथै ४१ जना घाइते भएका छन्।

पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार मृत्यु हुनेमा २१ बालबालिका, ९ पुरुष र ६ महिला रहेका छन्। उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र रहेको छ। जहाँ २७ व्यक्तिको मृत्यु भएको छ।

त्यसपछि दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा पाँच जनाको मृत्यु भएको छ भने पाकिस्तान नियन्त्रित कश्मीरमा चार जनाको मृत्यु भएको छ। कुल ४६९ घर पूर्ण वा आंशिक रूपमा ध्वस्त भएको र अनुमानित ६१ जनावरहरू मरेका छन्।

प्रकाशित: २२ फाल्गुन २०८० १६:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App