१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तान निर्वाचनमा धाँधलीको आरोप, देशभरको इन्टरनेट सेवा ठप्प

पाकिस्तानमा भएको आम निर्वाचन २०२४ विवादास्पद बन्दै गएको छ। निर्वाचन सकिएको साता दिन बितिसक्दा पनि निर्वाचनसँग सम्बन्धित विवादहरू आउने क्रम अझै रोकिएको छैन।

यसैबीच, रावलपिन्डीका कमिश्नर लियाकत अली चट्टाले निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन्।

उनले धाँधलीमा मुख्य चुनाव आयुक्त र मुख्य न्यायाधीश पनि सहभागी रहेको आरोप लगाउँदै पदबाट राजीनामा दिएका छन्।

रावलपिन्डी क्रिकेट स्टेडियममा पत्रकारहरूसँग कुराकानी गर्दै उनले ७० हजार मत प्राप्त गरेको उम्मेदवार पराजित भएको र कम मत प्राप्त गर्ने उम्मेदवार विजयी भएको बताए।

यसअघि, पाकिस्तानको निर्वाचनमा हाफिज नईम उर रहमानले जितेको सिट छाडेका थिए। उनले मतदानको क्रममा आफूलाई जिताउनका लागि धाँधली भएको भन्दै सिट छाडेको घोषणा गरेका थिए।

यसैबीच, निर्वाचनको मतपरिणाम पछि विरोध प्रदर्शन सुरु भएको छ। विरोध प्रदर्शनलाई ध्यानमा राखी पाकिस्तानको इन्टरनेट सेवा बन्द गरिएको छ। जसका कारणस सबै प्रकारका सामाजीक सञ्जाल बन्द प्रभावित बनेका छन्।

प्रकाशित: ६ फाल्गुन २०८० ११:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App