११ असार २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ग्रीसले दियो समलैङ्गिक विवाहलाई कानूनी मान्यता

ग्रीस सरकारले समलैङ्गिक विवाहलाई कानूनी मान्यता दिने निर्णय गरेको छ। समलैङ्गिक विवाहलाई कानूनी मान्यता दिने ग्रीस पहिलो परम्परावादी ईसाई मुलुक पनि बनेको छ।

बीबीसीका अनुसार ग्रीसको संसदमा १७६ मध्ये ७६ मत समलैङ्गिक विवाहलाई कानूनी मान्यता दिने प्रस्ताव पारित भएको हो। ग्रीसमा अब समलैङ्गिक जोडिले कानूनी रूपले बच्चा पनि एडप्ट गर्न सक्नेछन्।

प्रस्ताव पारित भएपछि ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोतेकिसले नयाँ कानूनले समाजमा रहेको गम्भीर असमानतालाई अन्त्य गर्नमा मद्दत पुग्ने बताएका छन्।

तर, ग्रीसमा उक्त नयाँ कानूनलाई लिएर अर्थोडक्स चर्चले विरोध गरेको छ। 

प्रकाशित: ४ फाल्गुन २०८० १३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App